दार्चुला । दार्चुला सदरमुकाम खलंगास्थित शिवनगर खेलमैदानमा १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० सुरु भएको छ । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ विहिबार देखि सुरु भएको प्रतियोगिता उद्घाटन सत्रमा जिल्ला खेलकुद विकास समिति दार्चुलाका अध्यक्ष मान सिह बुढाथोकीको अध्यक्षता तथा जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख महादेब बडूको प्रमुख आतिथ्यता र महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसीरको विशिष्ट आतिथ्यता रहेको थियो ।
उद्घाटन सत्रमा मार्मा, लेकम, व्याँस, नौगाड लगायत गाउँपालिकाका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी किरण जोशीसहित सुरक्षा निकायका प्रमुखहरु, खेलकुद संघ, समितिका प्रमुखहरु लगायत अतिथि, प्रशिक्षक, खेलाडी, व्यवस्थापक र दर्शकहरुको सहभागिता रहेको थियो । खेलको पहिलो दिन नौँ वटै स्थानीय तहका खेलाडीको मार्चपास प्रदर्शन र दौड, सटफुट खेल लेखाइएको छ ।
दार्चुलाका सबै पालिकाबाट विभिन्न विधामा कुल ५७३ खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा कुल ४२ स्वर्ण, ४२ रजत र ५८ कास्य पदकका लागि प्रतिस्पर्धा हुने र सबैभन्दा बढी मेडल पाउने पालिका विजयी हुने जिल्ला खेलकुद विकास समितिका सचिव श्यामराज अवस्थीले जानकारी दिनुभयो ।
पहिलो दिन सटफुट छात्रछात्रा फाइनल भएको छ । सटफुटमा छात्रातर्फ शैल्यशिखर नगरपालिका र छात्रतर्फ मालिकार्जुन गाउँपालिकाले स्वर्ण जित्न सफल भएको बताइएको छ । प्रतियोगितामा भोलि विहानैदेखि खेलहरु खेलाएर २७ गते खेल सम्पन्न गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ ।



विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया