दार्चुला । नेकपा (एमाले) दार्चुलाले दायित्व बोध प्रशिक्षण कार्यक्रम गरेको छ । एमाले जिल्ला कमिटीको आयोजनामा जिल्ला कमिटीको दोस्रो पूर्ण बैठक र प्रशिक्षण कार्यक्रम शनिवार जिल्ला सदरमुकाम खलंगामा सम्पन्न गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) केन्द्रीय कमिटी पोलिटव्युरो सदस्य राजेन्द्र सिंह रावलले प्रशिक्षण गर्नु भएको हो । प्रशिक्षणमा रावलले एमालेका नीति, जिम्मेवारी र संगठनको बारेमा प्रशिक्षण गर्नु भएको एमाले जिल्ला कमिटी सचिव उमेशराज जोशीले बताउनुभयो ।
बैठक तथा प्रशिक्षण कार्यक्रममा एमाले दार्चुला इन्चार्ज सहदेव बोगटी लगायत दार्चुलाबाट प्रतिनीधित्व गर्ने प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी पदाधिकारी र पालिका कमिटी अध्यक्षहरुको सहभागिता रहेको एमाले प्रचार तथा प्रसार विभागले जानकारी दिएको छ ।
यसै गरि एमाले बैठकले लास्कुखोला तटबन्ध समयमै निर्माण गर्न पहल गर्ने जिल्ला सदरमुकाममा बस पार्कको अभाव भएको हुदा बसपार्क निर्माणको लागि सम्बन्धित पक्षसंग छलफल गर्ने र मार्मा, अपिहिमाल र शैल्यशिखर जोड्ने देथला मोटरेबल पुल निर्माण, गोकुलेश्वर लाली सडक र उक्त सडकखण्डमा पर्ने रिठेगाड खोलामा पुल निर्माण र देथला देखि विटुले खण्डमा कालो पत्रे सडक निर्माण गर्न माग गर्ने प्रस्ताव गरेको छ ।
एमाले जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीको अध्यक्षतामा बसेको बैठकले पालिका अधिवेशन आयोजना गर्ने¸ पार्टी संगठन सुदृढिकरण कार्यको लागि कार्य योजना बनाउने र पालिका कमिटी र वडा कमिटी इन्चार्जको जिम्मेवारी बाडफाड गरिएको सचिव जोशीले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया