दार्चुलाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा अहिलेसम्मको सबै नतिजा (भिडियो)

दार्चुला । दार्चुला जिल्ला सदरमुकाम खलंगास्थित शिवनगर खेलमैदानमा सञ्चालित १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा अधिकांश खेलहरु सम्पन्न भइसकेका छन् । खेलको चौथो दिन २८ गते बेलुकीसम्म सम्पन्न भएका खेलमा प्रथम, द्धितीय र तृतीय स्थान प्राप्त गर्ने खेलाडी र पालिकाको नाम सार्वजनिक भएको छ ।

रेडियो लोकदर्पणलाई प्राप्त जानकारी अनुसार सटफुट थ्रो छात्रातर्फ शैल्यशिखर नगरपालिकाकी धनकुमारी खडायत प्रथम, दुहुँ गाउँपालिकाकी कोपिला कुवँर द्धितीय र मार्मा गाउँपालिकाकी अनुजा बिष्ट तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् । सटफुट थ्रो छात्रतर्फ मालिकार्जुनका सागर सिंह धामी प्रथम, शैल्यशिखरका हरिश धामी द्धितीय र अपिहिमालका कर्णबिर कार्की तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् ।

लङजम्प छात्रामा महाकाली नगरपालिकाका लक्ष्मी भट्ट प्रथम, शैल्यशिखर नगरपालिकाका पूर्णीमा जोशी द्धितीय, महाकाली नगरपालिकाका भावना महरा तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् । लङजम्प छात्रमा लेकम गाउँपालिकाका गजेन्द्र नाथ र शैल्यशिखर नगरपालिकाका निराजन खत्री गरी दुई जना प्रथम, मार्मा गाउँपालिकाका शन्तोष सिंह द्धितीय र दुहुँ गाउँपालिकाका दिपक धामी तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् ।

१५०० मिटर दौड फाइनलमा छात्रातर्फ महाकाली नगरपालिकाका अस्मिता बोहरा प्रथम, मार्मा गाउँपालिकाका प्रशंसा भट्ट द्धितीय र मालिकार्जुन गाउँपालिकाका यशोदा चन्द तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् । १५०० मिटर दौड फाइनलमा छात्रतर्फ मालिकार्जुन गाउँपालिकाका बिनोद टमटा प्रथम, लेकम गाउँपालिकाका दिपेश पाल द्धितीय र महाकाली नगरपालिकाका अशिम कार्की तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् ।

३००० मिटर दौड फाइनलमा छात्रातर्फ महाकाली नगरपालिकाकाकी अस्मीता बोहरा प्रथम, मार्मा गाउँपालिकाकी प्रशंसा भट्ट द्धितीय र मालिकार्जुन गाउँपालिकाकी यशोदा चन्द तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् । ३००० मिटर दौड फाइनलमा छात्रतर्फ दिपेश पाल लेकम गाउँपालिका प्रथम, अरुण ऐरी लेकम गाउँपालिका द्धितीय र विनोद टमटा मालिकार्जुन गाउँपालिकाका तृतीय भएका छन् ।

ट्रिपलजम्प छात्रातर्फ महाकाली नगरपालिकाकी लक्ष्मी भट्ट प्रथम, महाकालीकै दुर्गा महरा द्धितीय र मालिकार्जुन गाउँपालिकाकी विमला चन्द तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् । ट्रिपलजम्प छात्रतर्फ नौगाड गाउँपालिकाका अनिल ठगुन्ना प्रथम, मालिकार्जुन गाउँपालिकाका सुनिल पार्की द्धितीय र दुहुँ गाउँपालिकाका हरिश कार्की तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् ।

४०० मिटर दौड फाइनलमा छात्रातर्फ मार्मा गाउँपालिकाकी गिता महरा प्रथम, लेकम गाउँपालिकाकी गोमती जोशी द्धितीय र मालिकार्जुन गाउँपालिकाकी ईश्वरी धामी तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् । ४०० मिटर दौड फाइनलमा छात्रतर्फ शैल्यशिखर नगरपालिकाका मनिस ओड प्रथम, मालिकार्जुन गाउँपालिकाका सञ्जु पार्की द्धितीय र शैल्यशिखर नगरपालिकाका हरिश ओड तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् ।
ज्यापलिङ थ्रो छात्रातर्फ मार्मा गाउँपालिकाकी अर्निमा बोहरा प्रथम, मालिकार्जुन गाउँपालिकाकी भुवनेश्वरी धामी द्धितीय र लेकम गाउँपालिकाकी कलावती धामी तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् । ज्यापलिङ थ्रो छात्रतर्फ मालिकार्जुन गाउँपालिकाका तिलक चन्द प्रथम, अपिहिमाल गाउँपालिकाका कनिस्क ठेकरे द्धितीय र अपिकै वविन रोकाय तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् ।

२०० मिटर दौड फाइनलमा छात्रातर्फ मालिकार्जुन गाउँपालिकाकी बिमला चन्द प्रथम, लेकम गाउँपालिकाकी गोमती जोशी द्धितीय र महाकाली नगरपालिकाकी निसा चैसीर तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् । २०० मिटर दौड छात्रतर्फ मार्मा गाउँपालिकाका पारश बिष्ट प्रथम, नौगाड गाउँपालिकाका शेरसिंह धामी द्धितीय र नौगाडकै अनिल ठगुन्ना तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् ।

८०० मिटर दौड छात्रातर्फ अपिहिमाल गाउँपालिकाकी रमिला धामी प्रथम, मार्मा गाउँपालिकाकी गिता महरा द्धितीय र लेकम गाउँपालिकाकी मञ्जु जोशीले तृतीय स्थान प्राप्त गरेका छन् । ८०० मिटर दौड छात्रतर्फ मालिकार्जुन गाउँपालिकाका लोकेन्द्र ओड प्रथम, महाकाली नगरपालिकाका सुनिल बुढाथोकी द्धितीय र शैल्यशिखर नगरपालिकाका जमन गोयला तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् ।

यस्तै हाइजम्प छात्रातर्फ महाकाली नगरपालिकाका कविता बोहरा प्रथम, नौगाड गाउँपालिकाका प्रेना ठगुन्ना द्धितीय र मार्मा गाउँपालिकाका अञ्जली ठगुन्ना तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् । हाइजम्प छात्रतर्फ नौगाड गाउँपालिकाका विमल मन्याल प्रथम, मार्मा गाउँपालिकाका साजन बिष्ट द्धितीय र दुहुँ गाउँपालिकाका दिपक धामी तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् ।

कराते २७ गते सम्पन्न भइसकेको र करातेका १२ विधामध्ये ११ मा महाकाली प्रथम र १ मा शैल्यशिखर प्रथम भएको आयोजकले जनाएको छ ।
२९ गते (भोली) भलिबल क्वाटर फाइनल, सेमीफाइनल र फाइनलका खेल, कबड्डी सेमीफाइनल र फाइनलका साथै तीन वटा दौड १०० मिटर दौड, १०० गुणा ४ र ४०० गुणा ४ रिले दौडको फाइनल खेल बाँकी रहेको खेलकुद प्रशिक्षक एबं निर्णायक मण्डलका भोजराज जोशीले दिएको जानकारी दिनुभयो । भोलि सबै खेल सपन्न गरेर प्रतियोगिता समापन गरिने जिल्ला खेलकुद विकास समिति दार्चुलाले जनाएको छ ।

खेलमा प्रथम स्थान प्राप्त गर्नेलाई गोल्ड, द्धितीयलाई कास्य र तृतीयलाई रजत पदक प्राप्त हुनेछ ।

सबै जानकारीसहितको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?