दार्चुला । दार्चुला जिल्ला सदरमुकाम खलंगास्थित शिवनगर खेलमैदानमा माघ २५ गतेबाट सञ्चालित १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी महाकालीले जित्ने निश्चित भइसकेको छ । एथलेटिक्स विधातर्फ भने मालिकार्जुन गाउँपालिकाको टिम प्रथम भएको छ । मालिकार्जुनले कराते, कबड्डी र भलिबल बाहेकका खेलहरुमा ७ स्वर्ण, ५ रजत र ६ कास्य पदक प्राप्त गरेको छ ।

यस्तै महाकाली नगरपालिकाले एथलेटिक्समा मात्रै ७ स्वर्ण, ३ रजत र ४ कास्य पदक पाप्त गर्दै द्धितीय स्थानमा रहेको छ । यद्धपी समग्र खेलमा महाकाली नगरपालिका पहिलो स्थानमा छन् । कराते र कबड्डीमा समेत महाकालीको उत्कृष्ट नतिजा रहेकोले राष्ट्रपति रनिङ शिल्डको उपाधी महाकालीले जित्ने निश्चित भइसकेको हो । मार्मा गाउँपालिकाले ४ स्वर्ण, ६ रजत र २ कास्य पाप्त गरी एथलेटिक्समा तृतीय स्थान प्राप्त गरेको छ । करातेमा महाकालीको ११ स्वर्ण र शैल्यशिखरको १ स्वर्ण पदक रहेको छ । भलिबल छात्र, छात्रा र कबड्डी छात्र बाहेक सबै खेल सम्पन्न भइसकेका छन् । छात्रा कबड्डीमा महाकाली प्रथम र मार्मा द्धितीय भएका छन् ।

एथलेटिक्समा शैल्यशिखर नगरपालिकाले ३ स्वर्ण, ३ रजत र ३ कास्य पाप्त गरेको छ । यस्तै लेकम गाउँपालिकाले २ स्वर्ण, ५ रजत र ३ कास्य प्राप्त गरेको छ । नौगाड गाउँपालिकाले ४ स्वर्ण, ३ रजत र २ कास्य प्राप्त गरेको छ । यस्तै अपिहिमाल गाउँपालिकाले १ स्वर्ण, १ रजत र २ कास्य तथा दुहुँ गाउँपालिकाले १ रजत र ३ कास्य पदक प्राप्त गरेको छ । एथलेटिक्समा व्याँस गाउँपालिकाले कुनैपनि पदक प्राप्त गर्न नसकेको आयोजकले जनाएको छ ।

आज छात्राहरुको सेमिफाइनल र फाइनल तथा छात्रहरुको फाइनल भलिबल प्रतियोगिता र छात्रहरुकै कबड्डी प्रतियोगिता सञ्चालन हुदैछ । आजै पुरस्कार वितरणसहित कार्यक्रम समापन गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?