दार्चुला । दार्चुला जिल्ला सदरमुकाम खलंगास्थित शिवनगर खेलमैदानमा माघ २५ गतेबाट सञ्चालित १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी महाकाली नगरपालिकाले जितेको छ । महाकालीले १९ स्वर्ण, १० रजत, ९ कास्य गरी कुल ३८ पदक प्राप्त गर्दै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी उचालेको हो ।

मालिकार्जुनले ७ स्वर्ण, ६ रजत र ७ कास्य पदक गरी कुल २० पदक प्राप्त गर्दै द्धितीय स्थान प्राप्त गरेको छ । भने मार्मा गाउँपालिकाले ६ स्वर्ण, ९ रजत र ३ कास्य गरी जम्मा १८ पदक प्राप्त गर्दै तृतीय भएको छ ।

नौगाड गाउँपालिकाले ४ स्वर्ण, ८ रजत, ८ कास्य गरी कुल २० पदक पाउँदै चौथो स्थान प्राप्त गरेको छ । शैल्यशिखर नगरपालिकाले ४ स्वर्ण, ४ रजत र १४ कास्य गरी जम्मा २२ पदकसहित पाँचौ स्थान प्राप्त गरेको छ ।

लेकम गाउँपालिकाले २ स्वर्ण, ४ रजत र ५ कास्य गरी कुल ११ पदकसहित छैटौँ स्थान प्राप्त गरेको छ । अपिहिमाल गाउँपालिकाले १ स्वर्ण, १ रजत र २ कास्य गरी ४ पदकसहित सातौँ स्थान प्राप्त गरेको छ । दुहुँ गाउँपालिकाले १ रजत र ५ कास्य पदक प्राप्त गर्दै आठौँ भएको छ भने व्याँस गाउँपालिकाले १ रजत, १ कास्य गरी २ पदक प्राप्त गर्दै अन्तिम नवौँ भएको छ ।

करातेमा १२ मध्ये महाकाली नगरपालिकाले ११ र शैल्यशिखरले १ स्वर्ण पदक प्राप्त गरेको थियो । छात्रछात्रा भलिबलमा मार्मा गाउँपालिका प्रथम, एथलेटिक्समा मालिकार्जुन गाउँपालिका प्रथम र कबड्डी छात्रछात्रामा महाकाली नगरपालिका प्रथम स्थान प्राप्त गर्न सफल भएको छ ।

छ दिनसम्म सञ्चालन भएको खेल सम्पन्न गर्न सहयोग गर्ने सबैलाई आयोजक जिल्ला खेलकुद समिति, दार्चुलाले धन्यबाद ज्ञापन गरेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

महाकाली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, छलफलका विषय हेर्नुहोस

२०८२ बैशाख ७, आईतवार १८:२३

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?