![](https://lokdarpantv.com/wp-content/uploads/2024/02/FB_IMG_1707968100673.jpg)
दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ गोगुना टोलबाट राती अर्काको गोठमा पसेर गाइगोरू फुकाल्ने क्रममा एक जना प्रकाउ परेका छन् । आज विहान ४ बजेतिर स्थानीय केशव बिष्टका गोठमा बाधेको गोरू फुकाली रहेको बेला स्थानीयले पक्राउ गरि प्रहरीलाई बुझाएको बताएका छन् ।
पक्राउ पर्ने लेकम-१ सर्मोली गाँजरीका मानसिंह बोहरा रहेको प्रहरीले जनाएको छ । बोहराको मानसिक अवस्था ठिक नरहेको ले सम्झाइबुझाइ आफन्तको जिम्मा लगाइएको इप्रका रिठाचौपाताले जनाएको छ । गोगुना गाउँमा ब्रतबन्धको कार्यक्रममा हिजो राति ती व्यक्ति फेला परेको र अस्वभाविक गतिविधि गर्न थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेको बताइएको छ ।
![](https://lokdarpantv.com/wp-content/uploads/2024/05/lokendra-joshi.jpg)
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।