दार्चुला । नेपाल एसीसी महिला प्रिमियर लिग क्रेकेटको सेमिफाइनलमा मलेसियासँग पराजित भएको छ।

क्वालालाम्पुरस्थित वायुमास ओभल मैदानमा घरेलु टोली मलेसियासँग नेपाल ४ विकेटले पराजित भएको हो।

पराजित भएसँगै नेपालले एसिया कप टी(२० क्रिकेट प्रतियोगिता पनि खेल्न नपाउने भएको छ। यसै वर्ष हुने महिला एसिया कपमा प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन् ।

नेपालले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको मलेसियाले एक बल बाँकी छँदै ६ विकेट गुमाएर रोमाञ्चक जित निकाल्यो।

अब मलेसियाले एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा पर्सि आइतवार यूएईसँग खेल्नेछ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?