
दार्चुला । नेकपा एमाले कैलालीको जिल्ला अधिवेशन आजबाट कैलालीको सुखडमा सुरु हुँदै छ । जिल्ला अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ ।
बर्दगोरिया गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन पछि एमाले अध्यक्ष ओलीले जिल्ला अधिवेशन उद्घाटन गर्ने बताइएको छ । जिल्ला अधिवेशनको लागि अध्यक्ष ओली आजै काठमाडौँबाट आउँदै छन् ।
आज र भोली हुने अधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्ने जनाइएको छ ।

विगत १० बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।