दार्चुला । राष्ट्रिय प्रजातन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

आज फागुन ७ गते, प्रजातन्त्र दिवस । नेपालको ७४ औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदैछ ।

फागुन ७ गतेको दिनलाई सर्वसाधारण जनताले स्वतन्त्रता पाएको दिनका रुपमा स्मरण गरिन्छ । वि.सं २००७ मा राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना भएर रैतीबाट जनतामा रुपान्तरण भएको दिन हो । सशस्त्र संघर्षबाट १०४ वर्ष लामो राणा शासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको सम्मानमा यो दिवस मनाउने गरिएको छ ।

प्रजातन्त्र दिवस भव्य रुपले मनाउन सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?