दार्चुलाको दुहुँमा नेतृत्व चयन गर्दै एमालेको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा उदय बडाल

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकामा नेकपा (एमाले) को दोस्रो पालिका अधिवेशन सम्पन्न भएको छ । उदय सिंह बडालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको हो । अध्यक्षमा निर्वाचित बडाल एमाले दार्चुलाको पूर्व जिल्ला कमिटी उपाध्यक्ष समेत हुनुहुन्छ ।

गाउँपालिका कमिटी उपाध्यक्षमा महिमन कुवँर, सचिवमा पदम बाेहरा, उपसचिवमा कलावती महरा र रण बहादुर कुवँर निर्वाचित भएका छन् । दुहुँ गाउँकमिटीका निवर्तमान अध्यक्ष जगं बहादुर बमको अध्यक्षतामा उद्घाटन भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य माेहन सिह धामीको प्रमुख आतिथ्यता रहेको थियो ।

एमाले जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीसहित पदाधिकारी, प्रदेश कमिटी सदस्य गौरी बडाल लगायत नेताहरु, जिल्ला कमिटी सदस्यहरूको आतिथ्यता रहेको अधिवेशन सर्वसहमतिमै नेतृत्व चयन गर्दै सम्पन्न भएको एमाले जिल्ला कमिटी उपाध्यक्ष परमानन्द जोशीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?