दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ आर्मी गेट अगाडी रहेको एनआइसी एसियाको एटिएम फोड्न खोज्ने एक पुरुष पक्राउ परेका छन् । नगद चोरी गर्ने उद्धेश्यले एटिएम फुटाउन खोज्ने दुहुँ गाउँपालिका वडा नम्बर ४ पोक्सेका २९ वर्षीय दिलेन्द्र सिंह कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

कार्कीले बिहिवार राती साढे १२ बजेको समयमा एटिएम फोड्ने प्रयास गरेको सीसीटिभी क्यामेराको फुटेजमा देखिन्छ । बिहान मात्रै बैंकका कर्मचारीले एटिएम बक्सको केही भाग फोडेको देखेपछि प्रहरीलाई खबर गरेको बताइएको छ । एटिएम कक्षको सीसीटिभी क्यामेराको फुटेजमा देखिएको हुलियाको आधारमा शुक्रवार दिउँसो साढे १२ बजेको समयमा सदरमुकाम खलंगाबाट उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक गोबिन्द भण्डारीले बताउनुभयो ।

पक्राउ परेका कार्कीलाई थुनामा राखेर थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

एसईई नतिजाः दार्चुलाका विद्यालयमा लटिनाथ मावि खार प्रथम, पालिकामा महाकालीको धेरै (विस्तृत)

२०८२ असार १५, आईतवार १७:५९ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?