व्याँसमा एमालेको पालिका अधिवेशन सम्पन्न, निर्मला धामीको अध्यक्षतामा कमिटी चयन

दार्चुला । दार्चुलाको व्याँस गाउँपालिकामा नेकपा (एमाले) को दोस्रो पालिका अधिवेशन नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । व्याँस गाउँकमिटी अध्यक्ष मंगलसिंह धामीको अध्यक्षता तथा एमाले दार्चुलाका अध्यक्ष ज्ञानेन्द्र घर्तीको प्रमुख आतिथ्यतामा फागुन ११ गते शुक्रबार उद्घाटन भएको अधिवेसन आजै बन्द सत्रबाट नेतृत्व चयन गर्दै सम्पन्न भएको एमाले जिल्ला कमिटी सदस्य उपेन्द्र धामीले बताउनुभयो ।

एमाले जिल्ला कमिटी सचिव उमेश जोशीले दिएको जानकारी अनुसार निर्मला धामीको अध्यक्षतामा ४१ सदस्यिय पालिका कमिटी चयन भएको छ । व्याँस गाउँकमिटी उपाध्यक्षमा बिरसिंह धामी, सचिवमा संग्रामसिंह बिष्ट, उपसचिवमा तिरा कुवँर र मुकेश कुवँर चयन भएको उहाँले बताउनुभयो ।

अधिवेसनको उद्घाटन सत्रमा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्यहरु, जिल्ला कमिटी पदाधिकारी र सदस्यहरुको आतिथ्यता रहेको थियो ।

एमालेले जिल्ला अधिवेसन सम्पन्न गरेपछि सबै पालिकामा अधिवेसन आयोजना गरिरहेको छ । हिजो दुहुँ गाउँपालिकामा उदयसिंह बडालको अध्यक्षतामा ३९ सदस्यिय कमिटी चयन गर्दै एमालेको पालिका अधिवेसन सम्पन्न भएको छ भने फागुन ७ गते पुष्पराज जोशीको नेतृत्वमा ३९ सदस्यिय कमिटी चयन गर्दै अधिवेसन सम्पन्न भएको छ । फागुन १३ गते शैल्यशिखर नगरपालिकामा अधिवेसन आयोजना हुँदैछ ।

सबै पालिकाको अधिवेसन सम्पन्न गरेर वडा र टोलमा समेत अधिवेसन आयोजना गर्ने तयारी रहेको नेकपा (एमाले) दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?