दार्चुला । भारतको पिथौरागढ जिल्लाको मुन्स्यारीमा पुलको जग्ग खन्ने क्रममा एक नेपाली मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दार्चुलाको दुहु गाउँपालिका वडा नम्बर २ हिकिलाका अन्दाजी ४० वर्षीया दानसिंह धामी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहका अनुसार शनिबार बेलुका पुलको जग्ग खन्नेबेला माथिबाट खसेको माटोको ढिस्कोमा पुरिएर धामीको घटना स्थलमै मृत्यु भएको हो ।

भारतमा भएकोले घाईते कति भन्ने केही जानकारी नभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

महाकाली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, छलफलका विषय हेर्नुहोस

२०८२ बैशाख ७, आईतवार १८:२३

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?