दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा नेकपा (एमाले) को दोस्रो पालिका अधिवेशन उद्घाटन भएको छ । नगर कमिटी अध्यक्ष रणबहादुर खत्रीको अध्यक्षता र एमाले दार्चुलाका इन्चार्ज सहदेब बोगटीको प्रमुख आतिथ्यतामा शैल्यशिखरको दोस्रो नगर कमिटी अधिवेसन उद्घाटन भएको हो ।

अधिवेसनको उद्घाटन सत्रमा एमाले प्रदेश कमिटी सदस्यहरु, जिल्ला कमिटीका सबै पदाधिकारीसहित सदस्यहरुको आतिथ्यता रहेको छ । उद्घाटन सत्र सकिएपछि बन्द सत्रमार्फत नेतृत्व चयन गरिने आयोजकले जनाएको छ ।

यही फागुन ११ गते व्याँस गाउँपालिकामा भएको व्याँस गाउँ कमिटीको अधिवेसनबाट निर्मला धामीको अध्यक्षतामा ४१ सदस्यिय पालिका कमिटी चयन गरिएको छ । यस्तै फागुन १० गते दुहुँ गाउँपालिकामा उदयसिंह बडालको अध्यक्षतामा ३९ सदस्यिय कमिटी चयन गर्दै एमालेको पालिका अधिवेसन सम्पन्न भएको छ भने फागुन ७ गते पुष्पराज जोशीको नेतृत्वमा ३९ सदस्यिय कमिटी चयन गर्दै अधिवेसन सम्पन्न भएको छ ।

फागुन १४ गते भोलि नौगाड गाउँपालिकामा पालिका अधिवेसन आयोजना हुदैछ । सबै पालिकाको अधिवेसन सम्पन्न गरेर वडा र टोलमा समेत अधिवेसन आयोजना गर्ने तयारी रहेको नेकपा (एमाले) दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?