दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा नेकपा (एमाले) को दोस्रो पालिका अधिवेशन सम्पन्न भएको छ । नगर कमिटी अध्यक्ष रणबहादुर खत्रीको अध्यक्षता र एमाले दार्चुलाका इन्चार्ज सहदेब बोगटीको प्रमुख आतिथ्यतामा फागुन १३ गते उद्घाटन भएको दोस्रो नगर कमिटी अधिवेसन ४३ सदस्यिय कमिटी चयन गर्दै सम्पन्न भएको हो ।
अधिवेसनबाट रणबहादुर खत्रीको अध्यक्षतामा कमिटी निर्वाचित भएको घोषणा गरिएको छ । कमिटीको उपाध्यक्षमा मानसिंह खडायत, सचिवमा मनोरथ जोशी, उपसचिवमा दिपक बहादुर पाल र बसन्ती कोली निर्वाचित हुनुभएको छ । निर्वाचित कमिटीलाई आज विहान पद तथा गोपनियताको सपथ ग्रहण गराइएको अध्यक्ष मण्डलका सदस्य एबं एमाले जिल्ला कमिटी उपसचिव, शैल्यशिखरका इन्चार्ज कर्णबहादुर खडायतले बताउनुभयो ।
यस्तै लेखा समितिको अध्यक्षमा कल्यानसिंह धामी, उपाध्यक्षमा नरेन्द्र साउँद, सचिवमा गोपालसिंह गोयला र सल्लाहकार समिति अध्यक्षमा देबसिंह डागा, सचिवमा परमानन्द कपाडी निर्वाचित भएका छन् ।
अधिवेसनको उद्घाटन सत्रमा एमाले प्रदेश कमिटी सदस्यहरु, जिल्ला कमिटीका सबै पदाधिकारीसहित सदस्यहरुको आतिथ्यता रहेको थियो । बन्द सत्रबाट नेतृत्व चयन गरिएको हो ।
एमालेले जिल्ला अधिवेसन सम्पन्न गरेपछि सबै पालिकामा पालिका कमिटी अधिवेसन आयोजना गरिरहेको छ । यही फागुन ११ गते व्याँस गाउँपालिकामा भएको व्याँस गाउँ कमिटीको अधिवेसनबाट निर्मला धामीको अध्यक्षतामा ४१ सदस्यिय पालिका कमिटी चयन गरिएको छ । यस्तै फागुन १० गते दुहुँ गाउँपालिकामा उदयसिंह बडालको अध्यक्षतामा ३९ सदस्यिय कमिटी चयन गर्दै एमालेको पालिका अधिवेसन सम्पन्न भएको छ भने फागुन ७ गते पुष्पराज जोशीको नेतृत्वमा ३९ सदस्यिय कमिटी चयन गर्दै अधिवेसन सम्पन्न भएको छ ।
फागुन १४ गते आज नौगाड गाउँपालिकामा पालिका अधिवेसन आयोजना हुदैछ । सबै पालिकाको अधिवेसन सम्पन्न गरेर वडा र टोलमा समेत अधिवेसन आयोजना गर्ने तयारी रहेको नेकपा (एमाले) दार्चुलाका सचिव उमेश जोशीले बताउनुभयो ।
शैल्यशिखरमा निर्वाचित नगर कमिटीको नामावली हेर्नुहोस
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।