दार्चुला । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेट खेलाडीको तलब वृद्धि गरेको छ। साथै खेलाडीहरूको ग्रेड पनि छुट्याएको छ ।
क्यानको शनिवार र सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले वर्गीकरण हेरफेर गर्दै सम्झौता २०२४ का लागि थप गरेको हो ।
क्यानले पुरुषतर्फ ग्रेड ए का खेलाडीलाई मासिक एक लाख, ग्रेड बीका खेलाडीलाई ७० हजार, ग्रेड सीका खेलाडीलाई ५५ र ग्रेड डीका खेलाडीलाई ३५ हजार दिने निणर्य गरेको क्यानका सचिव पारस खड्काले जानकारी दिनुभयो ।
पुरुषतर्फ १८ जना सम्झौतामा रहेकोमा अहिले बढाएर ३० पुर्याएको छ । भने महिलातर्फ १२ जना रहेकोमा त्यसलाई बढाएर १९ पुर्याएको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया