
दार्चुला । इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलले आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै एक महिलाले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकी छन् ।
आफूलाई कँडेलले दुर्व्यवहार गरेको दावीसहित उनले कँडेलमाथि सोमबार फिरादपत्र दर्ता गराएको जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार रामु शर्माले जानकारी दिनुभयो ।
यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा पीडित आफै अदालत जान पाउछन् । त्यही प्रक्रिया अनुसार पीडितले अदालतमा मुद्दा हालेकी हुन् ।
यसअघि कँडेलले गत शुक्रबार ती महिलासहित ६ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमै गाली बेइज्जतीको मुद्दा दर्ता गराएका थिए ।

विगत १० बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।