दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाले कार्यपालिका बैठकबाट विभिन्न निर्णय गरेको छ । नगरप्रमुख विजयसिंह धामीको अध्यक्षता र नगरउपप्रमुख शान्ति खडायत लगायत कार्यपालिका सदस्यहरूको सहभागीतामा सोमबार बसेको कार्यपालिका बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको हो ।

कार्यपालिकाले गोकुलेश्वर बजार क्षेत्रमा बसपार्क निर्माणका लागि जग्गा खोज्ने निर्णय गरेको छ । बजार क्षेत्रमा कम्तीमा ३ रोपनी जग्गा दिन ईच्छुक जग्गाधनीलाई सात दिनभित्र जानकारी तथा प्रस्ताव पेस गर्न अनुरोध गर्ने निर्णय गरिएको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले जानकारी दिनुभयो ।

यस्तै फागुन २५ गते देखि लाग्ने ऐतिहासिक गोकुलेश्वर मेला व्यवस्थापनका लागि वडा नम्बर ७ का वडाअध्यक्ष पुष्पराज जोशीको अध्यक्षतामा मेला व्यवस्थापन समिति गठन गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

शैल्यशिखर नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष जगदीश सिंह धामी लामो समयदेखि उपचारमा रहेकोले दुई लाख राहत आर्थिक सहयोग गर्ने निर्णय गरिएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेश सरकारले छनोट गर्ने विशेष र समपुरक योजनाका लागि शैल्यशिखर नगरपालिकाबाट योजना सिफारिस गर्ने निर्णय गरिएको छ ।

कबाडी सामाग्री लिलाम बढाबढ गर्न सूचना निकाल्ने लगायत विभिन्न निर्यण गर्दै कार्यपालिका बैठक सम्पन्न भएको उहाँले बताउनुभयो ।

नगर कार्यपालिकाले गरेका निर्णयहरू प्रभावकारी ढंगले कार्यान्वयन गर्न काम गर्ने प्रमुख प्रशासकीय अधिकृत भट्टको भनाइ छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?