दार्चुला । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी सदस्य खगराज भट्टलाई सुदूरपश्चिम संसदीय दलको नेता र इन्चार्ज दुवै पदबाट हटाएको छ ।

बुधबार बसेको माओवादी स्थायी कमिटी बैठकले भट्टलाई दलको नेताबाट हटाउने संसदीय दलका बहुमत सदस्यको निर्णयमा सहमति जनाएको छ ।

माघ दोस्रो साता संसदीय दलका बहुमत सदस्यले भट्टलाई हटाएर मानबहादुर धामीलाई संसदीय दलको नेता चुनेको थियो । माओवादी प्रदेश कमिटीले भने त्यो निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको थियो ।

साथै जनप्रतिनिधिलाई इन्चार्जको जिम्मेवारी नदिने भनेर भट्टलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारीबाट समेत हटाएको छ । यो निर्णयमा उपमहासचिव जनार्दन शर्माले लिखित रुपमै असहमति राखेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

 

दार्चुलामा ट्याक्टरबाट खसेर ४० बर्षीय पुरुषको मृत्यु

२०८० चैत्र २२, बिहीबार १०:४९

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?