दार्चुला । मकवानपुरमा बिजुलीको पोल ढलेर लाग्दा एक जनाको मृत्यु भएको छ।

जिल्लाको बकैया गाउँपालिका वडा नम्बर ७ मानदमारमा फागुन १५ गते दिउँसो १ः३० बजे घर अगाडि हिंडिरहेको वेला एक्कासि बिजुलीको पोल ढलेको थियो। पोलले च्यापिएर घाइते भएका रामकुमार तितुङको भरतपुरमा उपचारका क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ।

उनी बकैया गाउँपालिका-७ का वडा सदस्य हुन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?