बिजुलीको पोल ढल्दा च्यापिएर एक जनाको मृत्यु

दार्चुला । मकवानपुरमा बिजुलीको पोल ढलेर लाग्दा एक जनाको मृत्यु भएको छ।

जिल्लाको बकैया गाउँपालिका वडा नम्बर ७ मानदमारमा फागुन १५ गते दिउँसो १ः३० बजे घर अगाडि हिंडिरहेको वेला एक्कासि बिजुलीको पोल ढलेको थियो। पोलले च्यापिएर घाइते भएका रामकुमार तितुङको भरतपुरमा उपचारका क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ।

उनी बकैया गाउँपालिका-७ का वडा सदस्य हुन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?