दार्चुला । दार्चुलाको महाकाली नगरपालिकामा कार्यरत नगर प्रहरी मृत्यु प्रकरणमा अनुसन्धानको लागि एक पुरूषलाई पक्राउ गरिएको छ ।

महाकाली नगरपालिका वडा नम्बर ४ खलंगा स्थित डेरा गरी बस्ने २२ वर्षीया रविना पल्याल गत आइतबार कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन । पल्याल मृत्यु प्रकरणको अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय दार्चुलाले महाकाली नगरपालिका वडा ८ का रोशन सिंह धामीलाई पक्राउ गरेको छ ।

मृतक युवतीको परिवारले २९ वर्षीय रोसन सिह धामीको नाममा किटानी जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ परेका युवक मृतक महिला नगर प्रहरी संग नजिक रहेको र फोनमा कुराकानी हुने गरेको भन्दै परिवारजनले प्रहरीमा किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

परिवारले दिएको जाहेरी सहि भएमा पक्राउ परेका धामीविरुद्ध आत्महत्या दुरूत्साहनको मुद्दा लाग्ने बताइएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

महाकाली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, छलफलका विषय हेर्नुहोस

२०८२ बैशाख ७, आईतवार १८:२३ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?