दार्चुला । वाफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा आज नेपालले जोर्डनसँग खेल्दैछ ।
खेल नेपाली समय अनुसार साउदी अरवको जेद्दाह स्थित किंग अब्दुलाह स्पोर्टस सिटी स्टेडियममा राती ९ः४५ बजेदेखि सुरु हुनेछ ।
जोर्डनले पाँच पटक यो प्रतियोगिता जितिसकेको छ भने नेपालले पहिलो पटक यो प्रतियोगिता खेलिरहेको छ ।
साउदी अरबीयामा जारी प्रतियोगितामा लगातार चार खेल जितेको नेपाल आज सोही लय दोहोर्याउँदै उपाधि जित्ने लक्ष्यमा रहेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया