
दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–७ मजिरकाडाँमा गोठबाटै दुई वटा बाख्रा चोरी गरिएको छ । स्थानीय बजिरसिंह खत्रीका गोठमा बाँधेर राखेका बाख्रा हिजो राती चोरी भएका हुन् ।
विहान गोठमा बाख्रा हेर्दा नदेखेपछि खोजि भइरहेको छ । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गोकुलेश्वरलाई खबर गरिएको बाख्राधनीले बताएका छन् ।
पछिल्लो समय दार्चुलामा चोरीका घट्ना बढ्न थालेको गुनासो आउने गरेको छ । बाख्रा चोरीमा संलग्न व्यक्ति वा समुह पत्ता लगाइ कडा कार्वाही गर्न स्थानीयले प्रहरी समक्ष माग गरेका छन् ।
विगत १० बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।