
दार्चुला । दार्चुला सदरमुकाम खलंगास्थित छान्नातिंकरी कन्या माविको गेट नजिक एक बृद्व मृत अवस्थामा फेला परेका छन् ।
महाकाली नगरपालिका वडा नम्बर ९ सकार घर भएका अन्दाजी ७०–७५ वर्षीय बृद्व रामसिंह धामीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
आज विहान ९ बजेतिर शव फेला परेपछि घटनास्थलमा प्रहरी खटिइ शव पोष्टमाष्टमका लागि जिल्ला अस्पतालमा राखिएको र भोलि मात्रै अन्तेष्टि गरिने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोबिन्द भण्डारीले जानकारी दिनुभयो ।

विगत १० बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।