दार्चुलाको खलंगामा एक बृद्व मृत फेला, पोष्टमाटमका लागि शव जिल्ला अस्पतालमा

दार्चुला । दार्चुला सदरमुकाम खलंगास्थित छान्नातिंकरी कन्या माविको गेट नजिक एक बृद्व मृत अवस्थामा फेला परेका छन् ।

महाकाली नगरपालिका वडा नम्बर ९ सकार घर भएका अन्दाजी ७०–७५ वर्षीय बृद्व रामसिंह धामीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

आज विहान ९ बजेतिर शव फेला परेपछि घटनास्थलमा प्रहरी खटिइ शव पोष्टमाष्टमका लागि जिल्ला अस्पतालमा राखिएको र भोलि मात्रै अन्तेष्टि गरिने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोबिन्द भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?