
दार्चुला । महाकाली कोरिडोर सडक योजना अन्तरगत निर्माणाधिन दार्चुला तिंकर सडकको सदरमुकाम खलंगास्थित मोहती सडकखण्ड दुई दिन बन्द हुने भएको छ ।
मोहती सडकखण्डमा ढलान गर्नुपर्ने भएको र साघुरो सडक भएका कारण सडक बन्द नगरी ढलान गर्न नसकिने भएको हुँदा फागुन १८ गते आज साँझा ५ बजेदेखि फागुन २० गते विहान १० बजेसम्म उक्त सडकखण्डमा सवारी साधन आवागमन बन्द हुने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

विगत १० बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।