सुन्सेरामा सशस्त्रको बीओपी भवन शिलान्यास

दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर ४ सुन्सेराको डोकटमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) भवन बिहिबार शिलान्यास गरिएको छ । २०८० वैशाख २५ गते सुन्सेरामा स्थापना भएको बीओपी भवन निर्माणका लागि सरस्वती रिठगडे जेभीसंग एक करोड ५९ लाखमा ठेक्का सम्झौता भएको बताइएको छ ।

सशस्त्र प्रहरी बल बैजनाथ बाहिनी नम्बर ७ का सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश कुमार पाण्डे, दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) हर्क राज पन्त, व्याँस गाउँपालिकाका उपाध्यक्ष विनोद कुँवर, गुरुगोरख गुल्म दार्चुलाका गुल्मपति बुद्ध देवकोटा, व्याँस गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष झुन सिंह विष्ट लगायतको उपस्थितिमा भवन शिलान्यास गरिएको सशस्त्र प्रहरी दार्चुलाले जनाएको छ । बिहिबार सुन्सेरामा भवन शिलान्यास गरेको सुरक्षा अधिकारीको टोली शुक्रबार आज मालिकार्जुन र लेकमको महाकाली तटिय क्षेत्रको अनुगमन निरीक्षणमा निस्किएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?