लेकम–३ लालीमा लागुऔषध र हिंसा नियन्त्रणसम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ३ मा अवस्थित कृष्ण मावि लालीमा लागुऔषध दुव्र्यसन र महिला हिंसा नियन्त्रण सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । लेकम गाउँपालिकाका प्रवक्ता एबं वडा अध्यक्ष सुरेश सिंह थापाको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी किरण जोशीको प्रमुख आतिथ्यतामा विविध सचेतनामुलक कार्यक्रम गर्दै लागुऔषध नियन्त्रण तथा महिला हिंसा न्युनिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, कृष्ण स्नातक क्याम्पस लालीका क्याम्पस प्रमुख केशब राज जोशी लगायत शिक्षकहरु, स्थानीय समाजसेवी, अभिभावक, विद्यार्थी, महिला संञ्जालका पदाधिकारी लगायत सरोकारवालाहरुको उपस्थितिमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको कृष्ण मावि लालीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष डम्बर भण्डारीले बताउनुभयो । विद्यालय प्राङ्गगणमा लागुऔषधविरुद्ध सन्देशमुलक नाटक प्रद्र्धशनी तथा विविध जनचेतनामुलक सांस्कृतिक कार्यक्रम गर्दै कार्यक्रम सम्पन्न भएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी किरण जोशीले लागुऔषध नियन्त्रणको लागि सबैले आ–आफनो ठाउँबाट सक्रिय र समन्वयकारी भुमिका खेल्नु आवश्यक रहेको बताउनुभयो । लागुऔषध दुव्र्यवसनी र हिसां न्यूनिकरण गर्न परिवार, विद्यालय र समाजकै दायित्त भएकोले सबैले सजक, सचेत तथा सक्रिय भएर लागुऔषध दुव्र्यवसनी र हिसांका घटनाहरु नियन्त्रणका लागि भूमिका खेल्नुपर्नेमा सहभागिहरुले जोड दिएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?