संखुवासभामा घरयासी विवाद हुँदा श्रीमतीको हत्या

दार्चुला । संखुवासभामा श्रीमतीको हत्या गरेर श्रीमान फरार भएका छन्। जिल्लाको खाँदबारी नगरपालिका वडा नम्बर ७ स्थित आर्मी क्याम्प नजिकै घरयासी विवाद हुँदा गएराति २६ वर्षीया विना राईको हत्या गरेर २७ वर्षीय मङ्सिरे शेर्पा फरार भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अशोक जगेवुका अनुसार घरयायी विवाद हुँदा खाँदबारी नगरपालिका –११ आङ्ला घरभई खाँदबारी बस्ने शेर्पाको कुटपिटबाट श्रीमती विनाको हत्या भएको हो ।

हत्यालगत्तै शेर्पा फरार भएकाले शेर्पाको खोजी भइरहेको र घटनाको थप अनुसन्धान प्रहरीले गरिरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?