
दार्चुला । संखुवासभामा श्रीमतीको हत्या गरेर श्रीमान फरार भएका छन्। जिल्लाको खाँदबारी नगरपालिका वडा नम्बर ७ स्थित आर्मी क्याम्प नजिकै घरयासी विवाद हुँदा गएराति २६ वर्षीया विना राईको हत्या गरेर २७ वर्षीय मङ्सिरे शेर्पा फरार भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अशोक जगेवुका अनुसार घरयायी विवाद हुँदा खाँदबारी नगरपालिका –११ आङ्ला घरभई खाँदबारी बस्ने शेर्पाको कुटपिटबाट श्रीमती विनाको हत्या भएको हो ।
हत्यालगत्तै शेर्पा फरार भएकाले शेर्पाको खोजी भइरहेको र घटनाको थप अनुसन्धान प्रहरीले गरिरहेको जनाएको छ।

विगत १० बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।