आज सुदूरपश्चिम,लुम्बिनी र कर्णाली प्रदेशमा वर्षा र हिमपात

दार्चुला । आज देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम,कर्णाली र लुम्बिनी प्रदेशको केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको हो।

दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका थोरै स्थानका साथै बाँकी प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी र गण्डकीका पहाडी भागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?