दार्चुला । विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप नेपाल–२०८० को उपाधि महिलातर्फ सुदुरपश्चिम प्रदेश र पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफले हात पारेको छ ।

महिलातर्फको फाइनल प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ८–४ अंकले पराजित गर्दै उपाधि उचालेको हो ।

पोखरामा भएको सुन्दर ढोका साथि सेवाको मुख्य प्रायोजनमा आयोजनामा गरिएको प्रतियोगिताको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २९–२८ अंकले पराजित गर्दै उपाधि जितेको हो ।

उपाधीसँगै महिला र पुरुष तर्फका विजेता टिमले क्रमशः प्रथम, द्वतीय र तृतीय हुने टोलीले ५०, ४० र ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे का छन्।

यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी हाई स्कोरलाई नगद ५ हजारसहित ट्रफी प्रदान गरिएको छ भने अन्य सहभागी टिमलाई सान्त्वना पुरस्कारसहित सहभागीताको प्रमाण पत्र वितरण गरिएको आयोजक संस्थाले जनाएको छ ।

सुन्दर ढोका साथी सेवाका संस्थापक कार्यकारी निर्देशक स्वर्गीय विकास अधिकारीको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको थियो ।

दुई दिन सम्म सञ्चालन प्रतियोगितामा पुरुषतर्फ विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँगै सातै प्रदेशबाट ९ टोली सहभागी थिए । महिलातर्फ ६ टोली सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

दार्चुलामा ट्याक्टरबाट खसेर ४० बर्षीय पुरुषको मृत्यु

२०८० चैत्र २२, बिहीबार १०:४९

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?