दार्चुलामा पुलिसलाई चक्कु हान्ने भगौडा उमेश कुँवर पक्राउ, मुद्दा दर्ता

दार्चुला । दार्चुलामा प्रहरीलाई नै आक्रमण गर्ने एक युवक समातिएका छन्। पक्राउ गर्न गएका प्रहरीलाई नै आक्रमण गरेर फरार फरार रहेका महाकाली नगरपालिका वडा नम्बर १ दहका २३ वर्षीय उमेश कुँवर आज (सोमबार) खलंगाबाट पक्राउ परेका हुन् ।

माघ ७ गतेका दिन उनले २ जना प्रहरीलाई चक्कु प्रहार गरेर फरार भएका थिए। उनले चक्कु हानेर ड्युटीमा गएका प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्मरबहादुर ठगुन्ना घाइते भएका थिए। उनले आफ्नी बुढीलाई कुट्ने गरेको निवेदन आएकोमा सामुदायिक प्रहरी बाङ्गाबगरबाट ती दुई प्रहरी उनलाई नियन्त्रणमा लिन गएका थिए। तर, प्रहरी पुग्दासम्म पनि उमेशले पत्नीलाई चक्कु समातेर लखेट्दै थिए।

सोही क्रममा प्रहरी पुगेको र उनकी पत्नीलाई बचाउने क्रममा प्रहरीलाई चक्कु लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको थियो। त्यसपछि फरार रहेका उनी आज पक्राउ परेकोमा उनीविरुद्ध जबर्जस्ती करणी, ज्यान मार्ने उद्योग, अपहरण लगायतका मुद्दा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?