
दार्चुला । सुनको मूल्यले आज नयाँ रेकर्ड कायम राखेको छ । आज सुन तोलामा २ हजारले बढेर प्रतितोला १ लाख २३ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार दुई हजार रुपैयाँले बढेर प्रतितोला १ लाख २१ हजार रुपैयाँ कारोबार भइरहेको सुनको मूल्य सोमबार स्थिर रहेको थियो ।
छापावाल सुन आज एकैदिन २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख २३ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला एक लाख २२ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी मंगलबार चाँदी तोलामा १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

विगत १० बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।