दार्चुला । नेकपा (एमाले) मालिकार्जुन गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ । एमाले मालिकार्जुन गाउँपालिका कमिटीको दोस्रो पालिका अधिबेशन चक्रसिंह धामीको अध्यक्षतामा ४१ सदस्यीय पालिका कमिटी चयन गर्दै सम्पन्न भएको हो ।
कमिटीको उपाध्यक्षमा ललित सिंह धामी, सचिबमा दिलप सिह धामी, उपसचिबमा गजीराम लुहार र सुनीता धामी चयन भएको एमाले जिल्ला कमिटी उपसचिव कर्णबहादुर खडायतले जानकारी दिनुभयो । एमालेले दार्चुलाका नौँ मध्ये आठ पालिकामा नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न गरेको छ भने महाकाली नगरपालिकामा समेत नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न गर्ने प्रक्रियामा रहेको उहाँले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया