दार्चुला । नेकपा (एमाले) दार्चुलाको सबै स्थानीय तहमा नेतृत्व चयन गर्दै पालिका अधिवेशन सम्पन्न भएको छ । सात वटा गाउँपालिका र दुई नगरपालिका रहेको दार्चुलामा सबै पालिकामा नेतृत्व चयन गर्दै दोस्रो पालिका अधिवेशन सम्पन्न गरिएको एमाले जिल्ला कमिटी सचिव उमेश जोशीले बताउनुभयो ।

जिल्ला सदरमुकाममा अवस्थित महाकाली नगरपालिकाको अधिबेशन बाट खडक सिंह महरको अध्यक्षतामा ४३ सदस्यीय कमिटी चयन गरिएको छ । महाकाली नगर कमिटीको उपाध्यक्षमा मिलन अबस्थी, सचिवमा कृष्ण सिंह रैखोला, उपसचिवमा लोक बिक्रम सामन्त र उपसचिव रेवती लोथ्याल सहित ४३ सदस्यीय नगर कमिटी सर्बसम्मत चयन भएको उहाँले बताउनुभयो ।

यस्तै नेकपा (एमाले) मालिकार्जुन गाउँपालिका कमिटीको दोस्रो पालिका अधिबेशन चक्रसिंह धामीको अध्यक्षतामा ४१ सदस्यीय पालिका कमिटी चयन गर्दै सम्पन्न भएको हो । कमिटीको उपाध्यक्षमा ललित सिंह धामी, सचिबमा दिलप सिह धामी, उपसचिबमा गजीराम लुहार र सुनीता धामी चयन भएको एमाले जिल्ला कमिटी उपसचिव कर्णबहादुर खडायतले जानकारी दिनुभयो । एमालेले दार्चुलाका नौँ वटै पालिकामा नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न गरेको हो ।

सबैभन्दा पहिले पालिका अधिवेशन सम्पन्न गरेको लेकम गाउँपालिकाका छ वटै वडाहरूमा समेत वडा अधिवेशन सम्पन्न भइसकेको छ । आज लेकमका सबै वडामा एकैदिन वडा कमिटी गठन गर्दै वडा अधिवेशन सम्पन्न भएको एमाले लेकम गाउँकमिटी सचिव पदमराज जोशीले बताउनुभयो ।

एमालेले पालिका अधिवेशन सम्पन्न गरेसंगै वडा अधिवेशन आयोजना गर्न थालेको हो । मार्मा र अपिहिमालमा समेत वडा अधिवेशनको मिति तय भइसकेकाे र चैतभित्र दार्चुलाका ६१ वटै वडामा वडा अधिवेशन सम्पन्न गर्ने लक्ष्य रहेको एमाले दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला-२०८१ सम्पन्न (भिडियोसहित)

२०८१ फाल्गुन २२, बिहीबार ०९:२७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?