त्रिशूलीमा बस खस्दा ७ जनाको मृत्यु

दार्चुला । धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ घाटबेसीमा भएको बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ। कपिलवस्तुबाट काठमाडौँतर्फ जादै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट आज विहान त्रिशूली नदीमा खसेको थियो ।

मृत्यु हुनेमा ६ पुरुष र एक महिला रहेका जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिनुभयो । मृतकको सनाखत हुन बाँकी छ। दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएको छन् ।

‘घाइतेको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरी अधिकांशलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना स्थानीयवासीले उद्धार गरिरहेका छन् । उद्धार जारी छ । बस नदीमा डुबेकाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीको अनुमान छ ।

बसचालक रूपन्देहीको लुम्बिनी संस्कृति नगरपालिका-९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?