दार्चुला । सुदूरपश्चिममा नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फिर्ता लिएको छ ।

केन्द्रमा सत्ता समीकरण बदलिएसँग सुदूरपश्चिममा माओवादीका मन्त्री हिजो बर्खास्तीमा परेका थिए । मंगलबार मुख्यमन्त्री कमलबहदुर शाहले मन्त्री बर्खास्त गरेपछि माओवादीले आज समर्थन फिर्ता लिएको माओवादी संसदीय दलका नेता मनबहादुर धामीले जानकारी दिनुभयो ।

सुदूरपश्चिममा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीका मन्त्री यथावत रहेका छन् । यी दुई दलले समर्थन कायम राखे मुख्यमन्त्रीलाई बहुमुत पुग्ने छ ।

यो प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एउटा सिट रिक्त छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला-२०८१ सम्पन्न (भिडियोसहित)

२०८१ फाल्गुन २२, बिहीबार ०९:२७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?