दार्चुला । नवनियुक्त १६ जना मन्त्रीहरुले बुधबार पद तथा गोपनियताको शपथ लिएका छन् । शीतल निवासमा आयोजित एक विशेष समारोहका बिच राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई शपथ ग्रहण गराएका हुन् ।

जसमा नेकपा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रीमा सचिव रघुवीर महासेठसहित ८ जना रहेका छन् । कानून, न्याय तथा संसदीय मामिलामा पदम गिरी, रक्षामा हरि उप्रेती, महिला बालबालिकामा भगवती चौधरी, खानेपनी मन्त्रीमा राजेन्द्र राई, उद्योग मन्त्रीका रुपमा दामोदर भण्डारी, कृषि मन्त्रीमा ज्वालाकुमारी साह र भूमि व्यवस्था तथा सहकारी मन्त्रीका रुपमा बलराम अधिकारीले शपथ लिएका छन् ।

त्यस्तै, माओवादीबाट नारायणकाजी श्रेष्ठले परराष्ट्र, वर्षमान पुनलाई अर्थ, शक्ति बस्नेतलाई उर्जा, रेखा शर्मालाई सञ्चार र हितबहादुर तामाङलले पर्यटन मन्त्रीको शपथ लिएका छन् । त्यस्तै, नेकपा एसका तर्फबाट भानुभक्त जोशीले संघीय मामिला र धनबहादुर बुढाले शहरी विकासमन्त्रीको शपथ लिएका छन् ।

रास्वाका तर्फबाट सभापति रवि लामिछानेले उप्रधानसहित गृहमन्त्री, शिक्षामन्त्रीमा सुमुना श्रेष्ठ, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठले पद तथा गोपनियताको शपथ लिएका हुन् ।

नयाँ समीकरण बनेसँगै प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक बुधबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । यसअघि सोमबार ३ जनाले विना विभागीय मन्त्रीको रूपमा शपथ लिएका थिए । जसमा एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्यालले विनाविभागीय मन्त्रीको रूपमा शपथ लिएका थिए । अहिले गिरीले कानुन न्याय तथा संसदीय मामिला, तामाङले पर्यटन र अर्यालले श्रम मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

 

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?