दार्चुला । दार्चुला तिंकर सडकमा काम गर्दै आएका एक जनाको मृत्यु भएको छ । नौगाड गाउँपालिका वडा नम्बर ४ सिप्टी मल्लामट्टे घर भएका ४८ वर्षीय ललित सिंह ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
हिजो बेलुका तिंकर सडकखण्डमा पर्ने व्याँस गाउँपालिका वडा नम्बर २ माल छुङसिंह धारमा माथिबाट पहिरो खस्दा लडेका ठगुन्नाको मृत्यु भएको बताइएको छ । राति सञ्चार सम्पर्क हुन सकेको थिएन् । आज सव पोष्टमाटमका लागि खलंगा ल्याउने काम भइरहेको प्रहरीले बताएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया