दार्चुला । आज मार्च ८, ११४औं अन्तर्राष्ट्रिय महिला दिवस विश्वभर मनाइँदैछ ।
सन् १९११ मार्च ८ का दिन नारी आन्दोलनकी अभियन्ता क्लारा जेटकिनले महिला कामदारमाथिको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको सम्झनामा महिला दिवस मनाउन थालिएको हो ।
यस वर्षको महिला दिवसको नारा ‘महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ दिइएको छ ।
अमेरिकाको सोललिस्ट पार्टीले सन् १९०९को फेब्रुअरी २८ मा महिला दिवस मनाएको थियो । युरोपका केही देशहरूले सन् १९११ मा मार्च १९ का दिन महिला दिवस मनाए । सन् १९१३ देखि मात्रै मार्च ८ कै दिन विश्वव्यापी रूपमा मनाउन थालिएको हो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया