सुदूरपश्चिममा मन्त्रीमण्डल विस्तार, नाउपाका ३ मन्त्रीले लिए राति नै शपथ

दार्चुला । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रीमण्डल विस्तार गर्नुभएको छ ।  पुरानो गठबन्धनबाट मुख्यमन्त्री बनेका कांग्रेसका शाहले केन्द्रमा नयाँ समीकरण बनेलगत्तै माओवादी र नेकपा एसका मन्त्री हटाएका थिए ।

उहाँले आज नाउपाबाट तीन मन्त्री थपेका हुन् । नागरिक उन्मुक्ति पार्टीका तीनजनालाई मुख्य मन्त्री शाहले नियुक्त गर्नुभएको हो । संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री, इन्दिरा गिरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र खुसीराम चौधरीलाई विनाविभागीय मन्त्री नियुक्त गरिएको हो ।

उनीहरूलाई प्रदेश प्रमुख देवराज जोशीबाट राति नै पद तथा गोपनीयताको शपथ गराइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?