दार्चुला । बैतडीमा ढुंगा लागेर एक जनाको मृत्यु भएको छ । सिगास गाउँपालिका वडा नम्बर ५ साउनसल्याडीका अन्दाजी ५४ बर्षीय प्रेमसिंह धामीको गाउँमा निर्माण भइरहेको साउनसल्याडी सिँचाइ कुलोको लागि बालुवा खन्ने क्रममा माथिबाट खसेको ढुंगा लागेर मृत्यु भएको हो ।
घटना बिहीबार साँझ भएको र बिहीबार राति नै उनको मृत्यु भएको बताइएको छ । ढुंगा लागेर धामी गम्भीर घाइते भएका थिए । उनको टाउकोमा चोट लागेको थियो ।
उनलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको स्थानीयले बताएका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया