
दार्चुला । दार्चुलामा भिरबाट लडेर जनाको मृत्यु भएको छ। जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर ५ घट्टेकसाडका ५३ वर्षिय दलबहादुर धामीको भिरबाट लडेर मृत्यु भएको हो।
शुक्रवार घरबाट नौगाड गाउँपालिकाको केन्द्र होपरिगाड गएका धामी राति अबेरसम्म घर नफर्केपछि आफन्तले खोजी गर्दा आज बिहान घट्टेखोला भिरमा मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार शुक्रवार नौगाड गाउँपालिकाको स्थापना दिवसमा पुगेका धामी घरफर्किने बेला भिरबाट लडेर ज्यान गएको हुन सक्ने अनुमान छ।
शवलाई पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पताल पठाइएको दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताउनुभयो । घटना बारे प्रहरीले अनुसन्धान गरिहेको जनाएको छ।

पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।