दार्चुला । सुनको मूल्यले आज फेरि नयाँ रेकर्ड बनाएको छ । नेपाली बजारमा सुनको भाउ आज अहिलेसम्मकै उच्च तोलाको १ लाख २६ हजार रुपैयाँ पुगेको हो ।
विगत ५ दिनदेखि सुनले दैनिक उच्च मूल्य रेकर्ड बनाइरहेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आइतबार तोलामा १ हजार रुपैयाँले सुन बढेको छ ।अन्तर्राष्ट्रिय कमोडिटी मार्केटमा हुने माग र आपूर्तिले सुनको मूल्य निर्धारण हुन्छ । सो आधारमा नेपालमा पनि मूल्य समायोजन हुँदै आएको छ । अन्तर्राष्ट्रिय बजारमा सीमित आपूर्तिका वावजुत माग बढ्दै जाँदा मूल्यमा असर परेको हो ।

यस्तै आइतबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको १ हजार ४७० रुपैयाँ रहेको चाँदी आइतबार १ हजार ४७५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?