दार्चुला । राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन फागुन २९ गते मङ्गलवारका लागि तोकिएको छ ।
आइतबार बसेको राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभाको बैठकको सुरुमा नै फागुन २९ गतेका लागि राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको मिति तोकिएको जानकारी गराएकी हुन् ।
राष्ट्रिय सभा कार्य सञ्चालन नियमावली अनुसार उपाध्यक्ष अर्यालले संघीय संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेलाई राष्ट्रिय सभा अध्यक्षको निर्वाचन कार्यक्रम सम्बन्धी सूचना प्रकाशित गर्न पनि निर्देशन दिनुभयो ।
राष्ट्रिय सभा अध्यक्ष पदका लागि नेकपा (एमाले)सहितको गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)ले अध्यक्ष पदमा उम्मेदवार दिने सहमति भइसकेको छ ।
माओवादीबाट राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्याल, राष्ट्रिय सभा सदस्य नारायणप्रसाद दाहाल र झक्कुप्रसाद सुवेदी राष्ट्रिय सभा अध्यक्ष पदका लागि आकांक्षी देखिएका छन् ।
क्यालेन्डर अनुसार सोमबार राष्ट्रिय सभा अध्यक्ष पदमा उम्मेदवारी दिने कार्य तालिका रहेको छ ।
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।