दार्चुलामा बाघको दुई छाला सहित धामी पक्राउ

दार्चुला । दार्चुलामा बाघको छाला सहित एक जना पक्राउ परेका छन् । जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर ४ सिप्टीका अन्दाजी ३६ वर्षिय शेर सिंह धामी बाघको छाला सहित पक्राउ परेका हुन् ।

आइतबार बेलुकीको समयमा धामीलाई मार्मा गाउँपालिका वडा नम्बर २ लटिनाथबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त कार्यालय प्रमुख एवं प्रहरी निरिक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो ।

उनलाइ शंका लागेर चेकजाँच गर्दा साथमा रहेको झोला भित्र दुई वटा बाघको छाला फेला परेको प्रहरी निरिक्षक सिंहले बताउनुभयो । पक्राउ परेका धामीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?