दार्चुलामा थुनाबाट भागेका कैदी पक्रन जादा भिरबाट खसेर प्रहरीको मृत्यु

दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाको थुनाबाटै भागेका एक जना थुनुवालाइ समात्न खोज्दा एक जना प्रहरी जवानको भिरबाट लडेर मृत्यु भएको छ । अनुसन्धानको क्रममा थुनाबाट भागेका महाकाली नगरपालिका–१ दहका २३ वर्षीय उमेश कुँवरलाई नियन्त्रणमा लिन खोज्दा नेपाल प्रहरीका जवान कैलालीका सोहन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले बताउनुभयो ।

थुनुवालाइ पक्रन खोज्दा भिरबाट खसेर गम्भिर घाइते भएका प्रहरी जवान चौधरीको मृत्यु भएको हो । थुनामा रहेका कुँवरलाइ श्रीमती कुटेको आरोपमा पक्रन जादा गत माघ ७ गते प्रहरी हवल्दार जय बहादुर खड्का र प्रहरी जवान डम्बर ठगुन्ना माथि चक्कु प्रहार गरी फरार भएका थिए । कुँवरलाई प्रहरीले फागुन २० गते महाकाली नगरपालिका–४ पुलघाट क्षेत्रबाट पक्राउ गरेको थियो ।

सोमबार जिल्ला प्रहरी कार्यालयको थुनावाट भागेर कुवँर भारततिर पुगेका हुन् । जिल्ला प्रहरी कार्यालय पछाडिको भिरबाट हाम फालेर महाकालीमा पौडी खेल्दै ती थुनुवा भारततिर पुगेकाे प्रहरीले जनाएको छ । कर्तव्यपालनाको सिलसिलामा थुनुवा पक्रन भिरबाट जाँदै गरेकाे अवस्थामा प्रहरी जवानको ज्यान गुमेको हो । भागेर भारत पुगेका कुवँरलाई महाकाली किनारमा रहेका भारतपट्टिका गोरखा रेजिमेन्ट (जीआर) ले नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?