
दार्चुला । कर्णाली पुलमा आगलागी भएको छ। आगलागीबाट ट्रक चल्नुका साथै पुलका लठ्ठामा समेत आगो सल्केको छ। सोमबार दिउँसो कैलाली र बर्दिया जोड्ने पुलमा एक्कासी ग्यास सिलिण्डर बोकेको ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ। ना पा ख ५२९७ नम्बरको ट्रकमा आगो लागेको छ। ट्रकमा रहेका चालक र सह–चालकको उद्धार गरिएको छ।
अहिले आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ। आगो लाग्नुको कारण भने खेलेको छैन्।

पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।