राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष दाहालले लिए शपथ

दार्चुला । राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति भवन शीतल निवासमा अध्यक्ष दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन्।

मंगलबार राष्ट्रिय सभामा भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ । मतदानमा ५६ जना सांसद उपस्थित थिए ।

दाहाल सत्तारुढ दलहरुको तर्फबाट उम्मेदवार थिए । उहाँलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समर्थन गरेका थिए ।

 

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?