दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ चौपाता दमसैनामा जीप दुर्घटना भएको छ । ऐरीछाना रिठाचौपाता धनथला सडकखण्ड अन्तरगत दमशैना भन्ने ठाउँमा लेकम ५ पीड अम्कुरका लबबहादुर बोहराको सुपप्र ०१००१ ज १४८९ नम्बरको जीप दुर्घटना भएको हो ।

आजै दिउँसो १२ बजेको समयमा जीप दुर्घटना हुँदा धनबहादुर बोहरा सामान्य घाइते भएको बताइएको छ । सडकबाट करिब ९० मिटर तल खसेको जीप भने क्षतिग्रस्त भएको छ । जीपले बिरे गिरीको भान्सामा समेत क्षति पुगेको छ ।

अहिले घटनास्थलमा स्थानीयसंगै प्रहरी पुगेको छ । दुर्घटनामा घाइते बोहरालाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

महाकाली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, छलफलका विषय हेर्नुहोस

२०८२ बैशाख ७, आईतवार १८:२३

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?