दार्चुला । भारतको सिलगुडीमा रेल दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा भद्रपुर नगरपालिका–५ का अन्दाजी ५० वर्षीय विष्णु शर्मा रहेका छन् ।

शर्मा गत बुधबार काम विशेषले सिलगुडी गएका थिए । घर फर्किनका लागि उनी हिजो दिउँसो सवा २ बजे सिलगुडी जक्सन पुगेका थिए ।

उनी दौडिएर रेल चढ्न खोज्दा खुट्टा चिप्लिएर दुर्घटनामा परेका बताइएको छ । शर्मा रेलको चक्कामुनि खसेर गम्भीर घाइते भएका थिए । घाइते उनलाई तत्काल भारतीय प्रहरीले उद्धार गरी अस्पताल भर्ना गराएका थिए ।

उनको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

महाकाली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, छलफलका विषय हेर्नुहोस

२०८२ बैशाख ७, आईतवार १८:२३

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?